पत्रकार रवि लामिछाने ५ लाख धरौटीमा रिहा

Prabhu Bank

काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता/पत्रकार रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्।

Saftey Pads

उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो। यस्तै अर्का पत्रकार युवराज कँडेल तीन लाख धरौटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन्।

रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो।

उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले गत ३० साउनमा काठमाडौंबाट पक्राउ गरेको थियो।

Maruti Cement