लामिछानेले पत्रकार सम्मेलनमा भने– ‘अझ खरो रुपमा उत्रिनेछु।’

Prabhu Bank

चितवन । पत्रकार सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परी धरौटीमा रिहा भएका संचारकर्मी रवी लामिछानेले जनताको पक्षमा अझ खरो रुपमा उत्रिने बताएका छन्।

Saftey Pads

चितवनस्थित ग्लोबल होटलमा मंगलबार बिहान पत्रकार सम्मेलन गरी लामिछानेले हिरासतमा रहँदा आफूलाई थप उर्जा मिलेको र जनतासंग सिधा कुरा कार्यक्रम थप सशक्त बनाएर लैजाने बताएका हुन्।

उनले पत्रकार सम्मेलनमा भने, ‘म त्यो दिन स्टुडियो जान पाएको भए मैले प्रमाणित गर्थें। अब सम्मानित अदालतले मलाई यो मुद्दाबारे केही नबोल्न भनेको छ। यो मुद्दाको अन्तिम किनारा नलागेसम्म नबोल्नु भनेकाले मैले बोल्नुहुँदैन।’

उनले यो घटनालाई लिएर जति पनि पक्राउ परका छन् उनीहरुको तत्काल रिहाइका लागि माग गर्ने पनि बताएका छन्।

अन्य सम्बन्धित समाचार:  नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

उनले भने, ‘हिरासतमा बस्दा पनि त्यतिबेला आएका मुद्धाहरु सुनें आफूलाई त्यहाँ पनि दुःख लाग्यो। तर उहाँहरुले बाहिर भएका घटनाबारे सुनाउँदा आफ्नो छाती गौरबले फुलेको थियो ।’

उनले आफ्नो रिहाईका लागि गरिएका प्रयासका लागि सबैलाई धन्यवाद दिएका छन्। उनले सकेसम्म सबैलाई भेटेर नै धन्यवाद दिने योजना बनाए पनि सफल हुन नसकेको बताए।

रवि लामिछानेले मंगलबार दिउँसो २ बजे नारायणी किनारामा कार्यक्रम गर्दै सबै समर्थकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ।

Maruti Cement