सरकारले दुई तिहाइको दम्भ त्याग्नुपर्छः निधि

Prabhu Bank

सर्लाही । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले आफ्नो दुई तिहाइको दम्भ त्याग्नुपर्ने बताएका छन्।

Saftey Pads

सर्लाहीको लालबन्दीमा नेपाल राष्ट्रिय मगर संघको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हतियारको बलमा प्राप्त उपलब्धि दिगो नहुने भन्दै हतियारको बलमा सत्तामा पुगेकाले जनतालाई चैन दिन नसक्ने दाबी गरेका हुन्।

उनले सरकार संविधानको मर्म र भावनाअनुसार चल्न नसकेको बताए। निधिले वर्तमान सरकार संघीय संरचनाअनुसार चल्न नसकेको बताए।

कम्युनिस्ट सरकारको डायरीमा संघीयता भन्ने शब्द नरहेकाले यसलाई संस्थागत गर्न नेपाली कांग्रेस नै सक्षम रहेको उनको भनाइ थियो।

संघीयता संस्थागत गर्न र प्राप्त उपलब्धिलाई जोगाउने दिशामा लाग्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गर्दैै वर्तमान सरकारको रवैयाको विरोध गर्न समेत नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

अन्य सम्बन्धित समाचार:  सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार
Maruti Cement