तबलाबाधक रविनलाल श्रेष्ठको निधन

Prabhu Bank

काठमाण्डौ । वरिष्ठ तबलाबाधक रविनलाल श्रेष्ठको निधन भएको छ।

Saftey Pads

९ दिन अगाडि अस्पताल भर्ना भएका श्रेष्ठको मंगलबार बिहान ११ बजे काठमाण्डौ भ्याली न्यूरो हस्पिटलमा निधन भएको हो।

काठमाण्डौ पकनाजोलका श्रेष्ठ ३ वर्षदेखि ब्रेन ट्युमरको समस्याबाट ग्रसित थिए। श्रेष्ठ शास्त्रीय संगितका क्षेत्रमा पनि सक्रिय थिए।

उनको पार्थिव शरीरलाई दिउँसो १ बजेदेखि ३ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र ३ बजेपछि अन्त्यष्टि गरिने तबला बाधक बाबुराजा महर्जनले बताए।

उनको श्रीमती र १ छोरा छन्।

अन्य सम्बन्धित समाचार:  जापानी अभिनेत्री युको तेकउचीको निधन
Maruti Cement