बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध

Prabhu Bank

तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन्।

Saftey Pads

अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। “अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “ आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ।”
–––रासस

Maruti Cement