प्रदर्शनमा पक्राउ परेका लामिछानेका ४८ समर्थक रिहा

Prabhu Bank

काठमाण्डौ । सञ्चारकर्मी रवी लामिछानेसहित तीन जना पक्राउको विरोधमा भएको प्रदर्शनमा पक्राउ परेका ४८ समर्थक रिहा भएका छन्।

Saftey Pads

सोमबारसम्म पक्राउ परेका ४८ जना समर्थकलाई मंगलबार आफन्तको जिम्मामा छाड्न शुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको छ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन्।

अन्य सम्बन्धित समाचार:  पाटन नगरपालिकाको अनियमितताका बारेमा अख्तियारले छानबिन गर्ने
Maruti Cement