कोरम नपुग्दा राज्य व्यवस्था समितिको बैठक स्थगित

Prabhu Bank

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ।

Saftey Pads

मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै सांसदहरु उपस्थित नभए पछि कोरम नपुगेर स्थगित भएको हो।

आएका केही सांसदहरु पनि बैठक बस्ने सम्भावना नदेखेर फर्किएका थिए।

नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको थियो। बैठक स्थगित गरेपछि उपसमितिको प्रतिवेदन पनि पेश हुन हुन सकेन।

उपसमिति संयोजक विजय सुब्बाले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पहिले रहेका विवाद अझै यथावत रहेको बताए।

नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको सवालमा नेपाली बुहारी र ज्वाईंमा समान व्यवस्था लागू गर्ने वा नगर्ने भन्ने विवाद छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको टेक्सासमा खानेपानीमा मानिसको मस्तिष्क खाने जीवाणु
Maruti Cement