कर छल्ने प्रयास नगर्नुहोस्ः अर्थमन्त्री

Prabhu Bank

काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन्।

Saftey Pads

काठमाडौँको भृकुटीमण्डपमा मंगलबार नाडा आटो शो २०१९ को उद्घाटन गर्दे मन्त्री खतिवडाले विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टाट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको बताएका हुन्।

विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उनले उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गरे।

उनले ९० प्रतिशत परम्परागत उर्जा र १० प्रतिशत विद्युत् प्रयोग हुने सवारीसाधनलाई सरकारले कुनै पनि अवस्थामा छुट नदिने बताए। उनले विद्युतीय सवारी साधनको उद्योग राख्न खोज्ने उद्योगीलाई सरकारले संरक्षण दिन तयार रहेको पनि बताए।

अन्य सम्बन्धित समाचार:  भारतको श्रीनगरमा वकिलको गोली हानी हत्या

व्यवसायी जस्तै राज्यपनि लाभको नीति अनुसार अघि बढ्ने भन्दै उनले कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि हुने विषयमा सरकारले संरक्षण प्रदान गर्दै कर छुट, अन्तशुल्क भन्सार र अरु कर छुट दिनका लागि सरकार तयार रहेको बताए।

Maruti Cement