चट्याङ लागेर एक वृद्धाको मृत्यु

Prabhu Bank

ओखलढुङ्गा । पानीसँगै परेको चट्याङले लागेर ओखलढुंगामा एक वृद्धाको मृत्यु भएको छ।

Saftey Pads

जिल्लाको सुनकोशी गाउँपालिका १ भिरगाउँका ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो।

घर नजिकैको बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङले लागेको स्थानियले बताएका छन्।

चट्याङले लागेका मगरलाई स्थानियले उद्धार गरी घरमा ल्याउदै गर्दा मृत्यु भएको ओखलढुंगा प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा ल्याईदै छ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement