चितवनमा जनआन्दोलन सम्झाउने भेलाः रविले भने, ‘जनताको आवाज अझ बुलंद पार्नुछ’

Prabhu Bank

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले जनताको आवाज अझ बुलंद पार्ने बताएका छन्।

Saftey Pads

नारायणी नदी किनारमा मंगलबार आयोजित धन्यवाद सभामा आफूलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मुद्दामा जनताको आवाज बनेर प्रस्तुत हुने बताएका हुन्। अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए।

उनले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन्। उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताए। उनले जनताको अपार माया पाएको आफूलाई सुरक्षा चुनौती छ भन्ने महसुस नभएको बताए।

‘धेरैले मलाई सुरक्षा चुनौती छ भनिरहेका छन् तर मलाई त्यस्तो लाग्दैन, मसँग जनताको माया छ, यो मायाले मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन्’ रविले भने। उनले भ्रष्टाचारी र जनताका केही शोषकहरु विषालु सर्प बनेर आफ्नाविरुद्ध लागिरहेको बताए।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा

‘विषालु सर्पलाई प्रहार गर्ने थुप्रै विकल्प हामीसँग छन् तर सर्पसँग ठुग्ने बाहेक अर्को विकल्प हुँदैन, त्यस्ता धेरै सर्पहरु देशमा छन् अझै बलियो भएर हाम्रो टिम आउँदैछ’, रविले भने ‘ भ्रष्टाचार विरोधी सामग्री प्रसारण भयो भने भनेर ति सर्पहरुले झर्को नमान्नुहोला।’

Maruti Cement