साफ यू–१५ फुटबल च्याम्पियनसिपः नेपालले बंगलादेशलाई हरायो

Prabhu Bank

काठमाडौं । साफ अण्डर फिफ्टिन च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ।

Saftey Pads

नेपालले बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो। पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा कृषन यादवले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। ५२औं मिनेटमा सुजन जिमीले गोल गरेपछि नेपालले अग्रता २–० मा लम्ब्यायो। ७९औं मिनेटमा बंगलादेशले गोल फर्कायो। मियाले गोल गरेपछि बंगलादेशले खेलमा फर्किने संकेत देखाएको थियो।

८४औं मिनेटमा प्रदीप लम्सालले गोल गर्दै नेपालको अग्रता ३–१ मा लम्ब्याए। ८८औं मिनेटमा कृषन यादवले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–१ को जित दिलाए। अब नेपालले भुटानसँग खेल्न बाँकी छ। यो खेल जितेको खण्डमा नेपालको फाइनल यात्रा पक्का हुनेछ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी
Maruti Cement