दोलखामा विदेशी नागरिक मृत भेटिए

काठमाडौं। दोलखामा एक विदेशी नागरिक मृत अवस्थामा भेटिएका छन्।

दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका हुन्। तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको नेपालको लप्चीबाट फर्किने क्रममा लामाबगरमा आइपुग्दा १ः३० बजे चिप्लिएर तामाकोशी नदीमा परी उनको मृत्यु भएको बताइएको छ।

लामाबगरबाट खबर प्राप्त हुनासाथ प्रहरीको टोली पुगी तामाकोशी नदीको बीचमा ढुङ्गा र काठको चेपमा अड्किएर मृत अवस्थामा रहेको विदेशी नागरिकको शव नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरीको संयुक्त टोलीले क्रेन र डोरीको सहायताले निकालिएको थियो।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोप अभियान देशभर सुरु

मृतककी श्रीमती भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मृतक लाटभिया देशको राहदानी नं भएका नागरिक हुन् ।