४ वर्षमै ६६ करोड बढीको कण्डम आयात

Prabhu Bank

काठमाडौं। नेपालले ४ वर्षमै कन्डम आयातमा ६६ करोड १४ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ।

Saftey Pads

त्यसमा पनि सबैभन्दा बढी भूकम्प आएपछि आर्थिक वर्ष २०७२र७३ मा कन्डम आयात भएको छ। भन्सार विभागमा अनुसार आव २०७२/७३ मा सबैभन्दा बढी २१ करोड ११ लाख ३ हजार रुपैयाँ बराबरको ४ लाख ५७ हजार ७ सय ७६ केजी कन्डम आयात भएको छ।

यसैगरी आर्थिक वर्ष २०७५/७६ मा १३ करोड ५३ लाख रुपैयाँ बराबरको २ लाख २२ हजार ३ सय ६ केजी कन्डम आयात भएको छ।

त्यस्तै, २०७४/७५ मा १९ करोड ९३ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख ७ हजार ९ सय ९८ केजी कन्डम आयात भएको थियो भने आव २०७३/७४ मा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बराबरको १ लाख ८३ हजार २ सय ७७ केजी कन्डम आयात भएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा २८९ कैदीबन्दीको कैद मिनाहा

सरकारले कन्डम आयातमा भने १ प्रतिशत मात्रै कर लिँदै आएको छ। कन्डम परिवार नियोजनको अस्थायी हो।

 

Maruti Cement