बस दुर्घटना हुँदा तीनको मृत्यु, २८ जना घाइते

Prabhu Bank

काठमाडौं । यात्रुबाहक बस दुर्घटना हुँदा सुर्खेतमा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्।

Saftey Pads

पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस सुर्खेतको हर्रे नजिक बुधबार बिहान दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ।

बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

अन्य सम्बन्धित समाचार:  नरभक्षी बाघ नियन्त्रणमा
Maruti Cement