राप्रपाको देशैभर प्रशिक्षण अभियान सुरु

Prabhu Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशैभर प्रशिक्षण अभियान सुरु गरेको छ।

Saftey Pads

केन्द्रीय प्रशिक्षकहरु जिल्ला स्तरीय प्रशिक्षणको निमित्त जिल्ला जिल्लामा खटिएका हुन्। भदौ महिनाभित्र ७७ जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरिएको राप्रपाले जनाएको छ।

मोरङ, स्याङ्जा र धनकुटामा प्रशिक्षण सम्पन्न भईसकेको छ भने यो हप्ता भित्र गोर्खा, लमजुङ, झापा, बैतडी, पाँचथर, इलाम, सुनसरीको प्रशिक्षण तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था, संगठन निर्माण वर्ष (२०७६ को कार्य योजना, संगठन निर्माण र नेतृत्व विकास, सैधान्तिक बैचारिक पक्ष, सकृय सदस्यता बितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइने छ।

अन्य सम्बन्धित समाचार:  दक्षिण कोरियालीको मृत्यु भएकामा उत्तर कोरियाद्वारा क्षमायाचना

राप्रपाले भदौ महिनाभित्र सबै जिल्लामा प्रशिक्षण सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्रवक्ता पाठकका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली कञ्नपुरको प्रशिक्षणको पनि मिति तय भैइसकेको छ। असोज महिनामा स्थानीय तहहरुमा प्रशिक्षण सञ्चालन गरिने छ।

Maruti Cement