युवा उद्यमशिलता आजको आवश्यकताः मन्त्री विष्ट

Prabhu Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले समाजको उत्थानको लागि युवा उद्यमशिलता आजको आवश्यक रहेकोमा जोड दिएका छन्।

Saftey Pads

युवा नेतृत्व, सिर्जना र उद्यमशिलता राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशिलता आवश्यक भएको बताएका हुन्।

युवाहरुको सही परिचालनबाट मात्र मुलुकको विकास हुने भन्दै उनले सरकारले युवा लक्षित कार्यक्रम ल्याउने आश्वासन दिए।

आर्थिक, सामाजिक दृष्टिकोणले अगाडि बढ्नका लागि सामाजिक उद्यमशिलता अपरिहार्य रहेको उनको भनाइ थियो।

उनले युवा उद्यमशिलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो रुपमा युवाहरुको विकास अहिलेको आवश्यकता रहेको बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने
Maruti Cement