राजपा विवादः राजकिशोरले बोलाए बैठक, राजेन्द्रले गरे बहिष्कार

Prabhu Bank

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले समाजवादी पार्टीसँग एकता गर्ने कि पार्टीको महाधिवेशन गर्ने भन्ने विषयमा छलफल गर्न राजनीतिक समितिको बैठक बोलाएको छ।

Saftey Pads

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले भदौ १३ र १४ गतेका लागि बैठक बोलाएका हुन्।

बैठकमा पार्टी एकता, महाधिवेशन लगायतका विषयमा छलफल हुने सो पार्टीका सचिव संजय यादवले बताए। राजनीति समितिमा रहेका २७ जनालाई बैठकको बारेमा जानकारी गराइसकिएको छ।

तर राजेन्द्र महतोलगायतका एक समूहले बैठक बहिस्कार गर्ने चेतावनी दिएको छ। पार्टीका महासचिव एवं प्रवक्ता केशव झाले अध्यक्षमण्डलसँग छलफल नै नगरि बैठक बोलाइएको भन्दै आफूहरुले बहिष्कार गर्ने बताए।

समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भनि अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी लागिपरेका छन्। उनीहरु समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नियमित छललफल गर्दै आएका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

तर अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव, अध्यक्षमण्डलका सदस्यहरु महन्थ ठाकुर र अनिल कुमार झा पार्टीको महाधिवेशनपछि एकीकरण गर्ने अडानमा रहेका छन्।

अध्यक्षमण्डलका संयोजक यादवले आफू एकीकरणको विपक्षमा नरहेको तर एउटा प्रकृयाबाट हुनुपर्ने पक्षमा रहेको कुरा पटकपटक भन्दै आएका छन्।

तर महेन्द्र राय यादवले पार्टीको निर्णय नै एकता र महाधिवेशन गर्ने रहेको हुनाले एकीकरण गरेर महाधिवेशन गर्नुपर्ने बताए। एकीकरण भइसकेपछि दुई दलको एकता महाधिवेशन गर्दा सबै कुरा आफै ठीक हुने उनको भनाइ छ।अध्यक्षमण्डलका सदस्य अनिल झाले पनि आफू एकीकरणको यो प्रकृयामा सहमत नरहेको बताए।

आफूले पनि पत्रपत्रिकाबाट एकीकरणको बारेमा जानकारी पाएको भन्दै उनले समाजवादी पार्टीसँग एकीकरणका लागि भएको छलफलका विषयमा पार्टीमा कुनै प्रकारको छलफल नभएको बताए।

अन्य सम्बन्धित समाचार:  वामदेवका कारण मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ

यता पार्टीका अर्का महासचिव विनोद सिंहले आफूले नै राजनीतिक समितिका सदस्यहरुलाई बैठकको बारेमा जानकारी गराएको बताए। उनले बैठक बोलाएकोमा समितिका सदस्यहरु खुशी रहेको र सबै सहभागी हुने दाबी गरे।

Maruti Cement