काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा पञ्चेबाजासहित भव्य स्वागत

Prabhu Bank

काठमाडौं । सञ्चारकर्मी रवी लामिछाने काठमाडौं आइपुगेका छन्। चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन आज बुधबार काठमाडौं आएका हुन्।

Saftey Pads

चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका लामिछानेलाई विमानस्थलमा पञ्चेबाजासहित भव्य स्वागत गरिएको छ। उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए।

विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका छन्। रविको समर्थकमा नारासमेत लगाएका थिए।

पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो।

सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन्।

अन्य सम्बन्धित समाचार:  चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

Maruti Cement