ट्राफिक काइदा : यातायात मन्त्रीको गाडीमा ट्राफिक प्रहरीको शिल

Prabhu Bank

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढ्ने गरेको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ।

Saftey Pads

महासेठ चढ्ने गरेको बा २ झ ४८६२ नम्बरको झण्डावाला गाडीलाई मंगलबार अपराह्न ट्राफिक प्रहरीले नयाँ बानेश्वरमा ह्वील लक गरी कारबाही गरेको हो।

पार्किङ निषेधित गरिएको फुटपाथमा रोकिराखेको सो गाडीलाई ट्राफिक प्रहरीले ह्वील लक गरेर चालकलाई एक हजार रुपैयाँ जरिवाना गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए।

उनका अनुसार चालक शिवराम थापाको लाइसेन्स लिएर एक हजार रुपैयाँ जरिवाना गराएर गाडी छोडिएको छ।

‘पार्किङ निषेधित क्षेत्रमा भेटिएपछि प्रहरीले कारबाही गरेको हो,’ उनले भने। प्रहरीका अनुसार गाडीमा मन्त्री भने थिएनन्।

अन्य सम्बन्धित समाचार:  बाढीले विद्युत् प्राधिकरणको जीप बगायो, दुईको मृत्यु, एक बेपत्ता

पन्तले उक्त सवारी मन्त्रीले नै चढ्ने गरेको खुलेको बताए। ‘गृह मन्त्रालयमा दर्ता रहेको उक्त गाडी मन्त्रीले चढ्ने गरेको बुझियो,’ उनले भने, ‘कसको भनी नाम नतोकौं, चालकको लापरबाही हो। लापरबाहीमा कारबाही भइसकेको छ।’

Maruti Cement