सरकारविरुद्ध आन्दोलनको तयारीः देउवा

Prabhu Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको विरुद्ध आन्दोलनको तयारी गरिरहेको बताएका छन्।

Saftey Pads

नेपाल प्रेस युनियनको संगठन व्यवस्थापनसम्बन्धी कार्यशालालाई बुधबार ललितपुरमा सम्बोधन गर्दै उनले कांग्रेसलाई सबैको साथ आवश्यक रहेको बताएका हुन्।

सभापति देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ‘कम्युनिस्ट स्टेट’ बनाउने खतरा बढ्दै गएको बताए।

उनले वर्तमान सरकारले मुलुकलाई कम्युनिस्ट स्टेट बनाउने खतरा बढेको दाबी गरे। सरकारलाई प्रजातन्त्रविरोधी संज्ञा दिँदै उनले मानवअधिकार र वाक स्वतन्त्रताका लागि फेरि लड्ने दिन आएको पनि बताए।

सरकार प्रेस स्वतन्त्रताको रक्षा गर्न असमर्थ भइसकेको पनि दाबी गर्दै उनले मिडिया काउन्सिल विधेयकलाई कुनैपनि हालतमा जस्ताको तस्तै पारित गर्न नदिने उद्घोष गरे।

अन्य सम्बन्धित समाचार:  बझाङमा सम्झना कामीको बलत्कारपछि हत्या
Maruti Cement