काठमाडौं। गृह सचिव प्रेमकुमार राईले कुनै पनि सरकारी निकायले आफ्नो अभिलेखलाई राम्रोसँग व्यवस्थापन नगरेको बताएका छन्।
संघीय संसद राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबार बसेको बैठकमा सिंहदरबारको मुख्य भवन बेलायती बैठकमा रहेका ओखेटोपहारलगायत राष्ट्रिय महत्त्वका दस्तावेज संरक्षणसम्बन्धी छलफलका क्रममा गृह सचिव राईले यस्तो बताएका हुन्।
राईले कुनै पनि निकायले आफ्ना विभागीय जिम्मेवारीभित्रको ऐतिहासिक दस्तावेजलाई व्यवस्थापन नगरेको दावी गरे।
विदेशमा संरक्षणको जिम्मेवारी निजी क्षेत्रलाई दिने अभ्यास रहेको उल्लेख गर्दै उनले नेपालमा भने निजी क्षेत्रलाई दिँदा कोलाहल मच्चाउने अनि सरकारी निकायले संरक्षण नगर्ने प्रवृति देखिएको बताए।
उनले सरकारी निकायका अधिकारीहरु जिम्मेवार नबन्दा आफू गृह मन्त्रालयका डंगुर फोहोर सोहोर्नेमा परेको गुनासो पनि गरे।
‘अहिले भएका अड्डाहरुले पनि आफ्ना मालसामानहरु राम्रोसँग सम्हालेर राखेका छैनन्। आफूले चलुन्जेल गाडी प्रयोग गर्ने अनि ल्याएर फालिदिने गरेका छन्,’ गृहसचिव राईले भने, ‘पछि तीन ओटा हाकिम फेरेपछि उसको थाप्लोमा चाहिँ गाडीका थुप्रो सोहोर्नु पर्ने अवस्था सिर्जना हुन्छ।’
ओखेटोपहार व्यवस्थापन सम्बन्धमा समितिले बुधबार गृहसचिव र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग छलफल गरेको हो।