बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी भएको पुष्टि

Prabhu Bank

काठमाडौं। आचार्य बालकृष्णलाई आफू निकटकै पूर्वकर्मचारीले विष खुवाएको तथ्य फेला परेको छ।

Saftey Pads

केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्वकर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुवाएर हत्याको प्रयास गरेको खुलेको हो।

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाकेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको तथ्य खुलेको समाचार आजको नेपाल समाचारपत्रमा छ।

आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको बताए।

हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण ही भदौं १८ गते नेपाल आउन लागेका छन्।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
Maruti Cement