राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री सहभागी नहुने

Prabhu Bank

काठमाडौं।राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन्।

Saftey Pads

बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने भएका भएका छन्।

तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको समाचार आजको कान्तिपुर दैनिकमा छ। प्रधानमन्त्री ओली हाल स्वाथ्योपचार क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन्।

अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शरीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा प्रधानमन्त्री सहभागी नहुने निर्णय भएको हो।

अन्य सम्बन्धित समाचार:  तेजाबलगायत तीन अध्यादेश जारी
Maruti Cement