१२ वर्षपछि पर्यटन राज्यमन्त्री सहित यात्रु बोकेर जापान उड्यो नेपाली ध्वजावाहक विमान

Prabhu Bank

काठमाडौं। नेपाल वायुसेवा निगमले १२ वर्षपछि पहिलो पटक जापानका लागि सिधा उडान गरेको छ।

Saftey Pads

निगमको वाइडबडी जहाज बिहीबार बिहान २ः४२ बजे जापानको ओसाकाको लागि उडेको हो। २ सय ७४ सिटे एअरबसको वाइडबडी जहाजबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसदसहित एक सय ३२ यात्रु जापान प्रस्थान गरेका विमानस्थल कार्यालयले जनाएको छ।

यो पहिलो उडानमा निगमका १० जना कर्मचारी पनि सवार छन्। काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुग्नेछ। जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ।

निगमले सातामा मंगलबार, बिहीबार र शनिबार काठमाडौं–ओसाका उडान गर्ने तालिका राखेको छ। जापानमा पनि नेपाल वायुसेवा निगमको पहिलो उडानलाई स्वागत गर्ने तयारी भइरहेको छ। जहाजलाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत नै विमानस्थल पुग्ने कार्यक्रम छ।

अन्य सम्बन्धित समाचार:  भारतका १० वटा सीमा गस्ती क्षेत्रमा चिनियाँ सैनिकको कब्जा

निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ। यो उडानसँगै सात ओटा मुलुकमा निगमका नौ वटा अन्तराष्ट्रिय रुट पुगेका छन्।

जहाज अभावलगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले २९ चेत्र २०६३ बाट ओसाकाका लागि उडान स्थगत गरेको थियो।

Maruti Cement