बारमा गोलाबारी, २३ जनाको मृत्यु १३ जना गम्भीर घाइते

Prabhu Bank

काठमाडौं। मेक्सिकोको पूर्वी क्षेत्रमा रहेको एउटा बारमा भएको गोलाबारीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ।

Saftey Pads

मेक्सिकोको कोट्जाकोल्कोस शहरमा मंगलबार राति भएको सो घटनामा परी कम्तीमा २३ जनाको ज्यान गएको तथा १३ जना गम्भीर घाइते भएका अधिकारीहरुले बताएका छन्।

घटनाका बारेमा अनुसन्धान सुरु भइसकेका प्रहरीले जनाएको छ। “क्रुर व्यक्तिहरुले गोलाबारी गरेर घटना भएको हो,” स्थानीय सरकारी अधिकारीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

घटनामा परी मृत्यु भएका र घाइते भएकाहरुका आफन्त घटनास्थलमा विक्षिप्त अवस्थामा भेटिएको प्रत्यक्षदर्शीले बताएका छन्।

घटना भएको क्षेत्र देशमै अत्याधिक धेरै हिंसात्मक घटना हुने क्षेत्रका रुपमा चिनिने गरेको समाचारमा जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेको टोली दिल्ली लगातार विजयी
Maruti Cement