लागूऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

Prabhu Bank

काठमाडौं। जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

Saftey Pads

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागूऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारीका धर्मेन्द्र साह कानु र पिन्टु पासवानलाई प्रहरीले सार्वजनिक गरेको हो।

पर्साबाट भारततर्फ लैजाँदै गरेको चार किलो गाँजासहित तारादेवीलाई र वीरगञ्जको रजतजयन्ती चोकबाट एक हजार २०० थान सुइजन्य लागुऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए।

उनले सीमावर्ती भारतीय शहर रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका कानु र पासवानलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा उनले बोकेको झोलाबाट प्रतिबन्धित लागूऔषध नर्फिन ४०० थान, डाइजोल्याब ४०० थान र फेनारगन ४०० थान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको टेक्सासमा खानेपानीमा मानिसको मस्तिष्क खाने जीवाणु

त्यसैगरी पर्साको ग्रामीण भेगबाट महिलालाई प्रयोग गरी लागूऔषध ओसारपसार भइरहेको पूर्व सूचनाका आधारमा पर्साबाट रक्सौलतर्फ पैदल जाँदै गरेकी तारादेवीलाई रोकी जाँच गर्दा शरीरमा लुकाइछिपाइ राखिएको चार किलो गाँजा बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको नायब उपरीक्षक थापाले जानकारी दिए।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाउनुका साथै लागूऔषध मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

रासस

Maruti Cement