कांग्रेसले सोध्योः कार्यवहाक प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न?

Prabhu Bank

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीले सिंगापुरबाटै मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेकोमा आपत्ति जनाएको छ।

Saftey Pads

राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रतिपक्ष दल कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रधानमन्त्रीले भिडियो कन्फेरेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गरेकामा आपत्ति जनाएका हुन्।

नेपालमा कार्यवहाक प्रधानमन्त्री हुँदाहुँदै पनि सिंगापुरबाटै बैठकको अध्यक्षता गर्नु आपत्तिजनक भएको सांसद अधिकारीको भनाइ थियो।

कार्यवाहक प्रधानमन्त्री भनेर राष्ट्रपतिले नै कामको जिम्मेवारी दिएको चिठी सदनमा वाचन गरिएको प्रसंग जोड्दै अधिकारीले प्रश्न गरे, ‘कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ कि हुनुहुन्न?’ प्रधानमन्त्रीले विदेशमा रहेको बेला मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नु कानून विपरीत भएको पनि अधिकारीले बताए।

त्यस्तै, गोपनीयताको हिसाबले पनि भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नु उपयुक्त नभएको अधिकारीको भनाइ थियो।

अन्य सम्बन्धित समाचार:  अब अलैँची नेपालमै प्रशोधन गरिने

कांग्रेसले आगामी दिनमा यसरी भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठकको नेतृत्व नगर्न पनि सरकारलाई सुझाव दिएको छ।

Maruti Cement