नवल नेपालको बहुप्रतिक्षित चलचित्र ‘मारुनी’ शुक्रबारबाट देशैभर प्रदर्शन हुँदै

Prabhu Bank

काठमाडौं। नेपाली कथानक चलचित्र ‘मारुनी’ १३ भदौ (शुक्रबार) बाट देशैभर प्रदर्शनमा आउने भएको छ।

Saftey Pads

पुनम इन्टरटेन्मेन्टको प्रस्तुतीमा बनेको चलचित्रको निर्देशन नवल नेपालले गरेका छन्।

हिन्दु नेपाली नारीहरुको महान् चाड हरितालिका तिजको अवसर पारेर उक्त चलचित्र प्रदर्शन हुन लागेको हो।

चलचित्रमा कलाकारहरु पुष्प खड्का , साम्राज्ञी आर एल शाह, रेविका गुरुङ, अर्जुन श्रेष्ठलगायतको अभिनय रहेको छ।

निर्देशक नेपालले चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको बताएका छन्।

‘मारुनी’का निर्देशक नेपालले यसअघि नै श्रीमान् ,महसुस, लज्जा, मङ्गलम लगायतका आधा दर्जन चलचित्र निर्देशन गरिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  अनुराग कश्यपविरुद्ध यौन दुर्व्यवहारको उजुरी
Maruti Cement