साफ यू–१५ फुटबलः नेपालले भुटानलाई स्तब्ध बनायो

Prabhu Bank

काठमाडौं। भारतको पश्चिम बंगालमा जारी पाँचौं संस्करणको साफ यू–१५ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ। योसँगैं नेपाल फाइनल जनिक पुगेको छ।

Saftey Pads

कल्याणी रंगशालामा बिहिबार भएको राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले भुटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको हो।

नेपालका लागि प्रदीप लम्सालले २ तथा असिम, क्रिस र निराजनले ११ गोलको योगदान दिए। नेपालले फाइनल खेलको लागि भारत–बंगलादेशबीचको खेल कुर्नुपर्ने छ। सो खेलबाट जित निकालेको देशसँग नेपाल आमने सामने हुनेछन्।

नेपाल पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको थियो। त्यसपछि पूनरागमन गर्दै दोस्रो खेलमा श्रीलंकालाई २–० र तेस्रो खेलमा बंगलादेशलाई ४–१ गोलअन्तरले पराजित गरेको थियो।

अन्य सम्बन्धित समाचार:  बेलायतमा कोभिड–१९ को नियम तोड्नेलाई १० हजार पाउण्डसम्म जरिबाना गरिने
Maruti Cement