पाकिस्तानद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

Prabhu Bank

काठमाडौं। पाकिस्तानले ‘गजनवी’ नामक ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ।

Saftey Pads

पाकिस्तानले बिहीबार मिसाइल परीक्षण गरेको हो। पाकिस्तानी सेनाका प्रवक्ताले मिसाइल परीक्षणको भिडियो ट्वीट गरेर यसको पुष्टि गरेका छन्।

‘गजनवी’ मिसाइलले २९० किलोमिटर टाढासम्म मार हान्न सक्छ। मिसाइल परीक्षणपछि पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पूरै टोलीलाई बधाई दिएका समाचार पोर्टल दैनिक भास्करले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी

ब्यालेस्टिक मिसाइल ठूलो हुन्छ र भारी वजनको बम बोक्ने क्षमता हुन्छ। तर, त्यसलाई प्रहार गर्नुभन्दा अगाडि नै नष्ट गर्न सकिन्छ किनभने यसलाई लुकाउन सकिँदैन।

ब्यालेस्टिक मिसाइल एकपटक प्रहार गरिसकेपछि नष्ट गर्न सजिलो हुँदैन।

ब्यालेस्टिक मिसाइलको प्रयोग आमरुपमा परमाणु बमको लागि हुन्छ, तर कहिलेकाहीँ पारम्परिक हतियारको साथमा पनि यसको प्रयोग हुँदै आएको छ।

Maruti Cement