८३ किलो रक्तचन्दन बरामद

Prabhu Bank

काठमाडौं। काठमाडौं, बौद्धबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ।

Saftey Pads

बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो। घरमा लुकाएर राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखेको उक्त रक्तचन्दन बरामद गरेको हो।

उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रक्तचन्दनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालयमा बुझाउने तयारी भइरहेको उपरीक्षक चन्दले बताए।

अन्य सम्बन्धित समाचार:  टर्कीले संयुक्त राष्ट्रसंघमा कश्मीरको मुद्दा उठाएपछि भारतको आपत्ति
Maruti Cement