कांग्रेसले भन्यो: सरकारले स्वतन्त्रता खुम्च्यायो

Prabhu Bank

काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा फैलिने क्रम बढेको भनी टिप्पणी गरेको छ।

Saftey Pads

उसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतालाई अवमूल्यन् गरेको आरोप सरकारमाथि लगाएको छ।

केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार सह–महामन्त्री प्रकाशशरण महतले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावको सुरुमै सरकार संविधानको मर्म र मान्यतालाई उल्लघंन गर्ने क्रियाकलापमा लागेको उल्लेख गरिएको समाचार आजको कान्तिपुर दैनिकमा छ।

‘सरकारको असफलता र कमजोरीलाई लोकतान्त्रिक व्यवस्थाको कमजोरीका रुपमा चित्रण गर्ने सुनियोचित क्रियाकलाप्रति समयमै सचेत हुनुपर्छ,’ प्रस्तावमा भनिएको छ ।

अन्य सम्बन्धित समाचार:  पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
Maruti Cement