सरकारका प्रवक्ताले नै ढाँटे

Prabhu Bank

काठमाडौं।सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद्को बैठक नबसेको दावी गरेका छन्।

Saftey Pads

भिडियो कन्फेरेन्सबाट प्रधानमन्त्री र अन्य मन्त्रीहरुबीच हाइहेल्लो मात्रै भएको भन्दै मन्त्री बाँस्कोटाले सानो विषयलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन्।

‘केही कुराहरु आदानप्रदान गर्यौं। एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं। क्याविनेट होइन, मन्त्रिपरिषद्का सदस्यहरु भेला भएका हौं। प्रश्न नगरौं’, उनले भने।

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनीयता र सुरक्षाको प्रश्नमा सरकार संवेदनशील रहेको बताए। ‘अमेरिकी र रुस राष्ट्रपतिले अकाशबाटै भिडियो कन्फेरेन्स गर्छन्। त्यहाँ त सूचना चुहिँदैन’, उनले उदाहरण प्रस्तुत गरे।

मन्त्री बाँस्कोटाले दिल्ली, वासिङ्टन, बेइजिङ जहाँबाट पनि भिडियो कन्फेरेन्स हुने स्पष्ट पार्दै सार्वभौमसत्ता र प्रधानमन्त्रीको राष्ट्रियतामा प्रश्न उठाउन उचित नहुने जिकिर गरे।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा

मन्त्री बाँस्कोटाले अमेरिकी राष्ट्रपति र नेपालको प्रधानमन्त्रीबीच समेत भिडियो कन्फेरेन्स हुने स्पष्ट पारे।

Maruti Cement