रेशम चौधरीमाथि अन्याय भएको छः वैद्य

Prabhu Bank

काठमाण्डौ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले थारु समूदायका नेता रेशम चौधरीमाथि अन्याय भएको बताएका छन्।

Saftey Pads

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले चौधरीमाथि मुद्दा लगाइनु गलत भएको भन्दै राज्यले चौधरीलाई अन्यायमा पारेको बताएका हुन्।

उनले मुद्दा राजनीतिक रुपमा सम्बोधन गर्नु पर्नेमा अदालतमा र्पुयाएको बताए। ‘ ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो’, उनले भने, ‘चौधरीमाथि अन्याय भएको छ, उनको मुद्दाको राजनीतिक निकास खोजिनु पर्छ।’

उनले थारु समुदाय सामन्तवाद, सूदूरपश्चिम र मधेसीको चेपुवामा परेको बताएका छन्। त्रिपक्षीय चेपुवामा परेको थारु समुदायमाथि राज्यले पनि अन्याय गरेको बताए।

उनले थारु समुदायमाथिका अन्यायविरुद्ध कोही पनि नबोलेको आरोप लगाए। ‘राज्यले थारु समुदायमाथि अन्यया गरेको छ’, उनले भने, ‘यसबारे कोही पनि बोल्दैनन्।’

अन्य सम्बन्धित समाचार:  आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी

महासचिव वैद्यले उनले केपी ओली नेतृत्वको सरकारलाई कम्युनिस्ट नेतृत्वको सरकार भन्न नसकिने प्रस्ट पारे।

कम्यु्निस्टको बदनाम गराउने काम सरकारबाट भएको भन्दै उनले सरकारलाई जनताका पक्षमा काम गर्न सुझाब समेत दिए।

Maruti Cement