सुर्खेतमा २३ गाई मृत भेटिए, हत्या गरिएको आशंका

Prabhu Bank

सुर्खेत । बाँकेको नेपालगञ्जबाट दैलेखतर्फ लैजान लागिएका गाई वीरेन्द्रनगरमा मृत भेटिएका छन्। नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका २९१ गाईमध्ये वीरेन्द्रनगरको कटकुवा जङ्गलमा २३ गाई मृत भेटिएका हुन्।

Saftey Pads

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिले आठ ट्रकमा ल्याइएका गाईहरु आज बिहान करीब साढे तीन बजेतिर कटकुवा जङ्गलमा छाडिएको बताए। नौ गाईलाई भीरबाट खसालेर मारेको पाइएको छ।

जङ्गलमा फेला परेकामध्ये १५० भन्दा बढी चौपाया घाइते अवस्थामा छन्। ‘हिजो राति साढे १२ बजे चौपाया बोकेका आठ ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ’, प्रहरी निरीक्षक सिजापतिले भने।

स्थानीयले सामूहिक गौहत्या गरिएको आरोप लगाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् । प्रहरीले चौपाया छाडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ। रासस

अन्य सम्बन्धित समाचार:  विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग
Maruti Cement