युवकलाई कुटपिट गर्ने प्रहरीमाथि विभागीय कारबाही

Prabhu Bank

जनकपुरधाम । जनकपुरधाममा नरिवल बेच्ने एकजना किशोरलाई कुटपिट गर्ने प्रहरी जवान र कुटपिटको भिडियो खिच्ने अर्का एक युवकलाई कुटपिट गर्ने असई विभागीय कारबाहीमा परेका छन्।

Saftey Pads

ड्युटीमा रहेको बेला आचरणविपरित काम गरेको भन्दै कुटपिट गर्ने पर्यटक प्रहरीका असई वीरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादव कारबाहीमा परेका हुन्।

धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले कानुन विपरित कामगरेको पाइएकोले असई र प्रहरी जवानविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्। दुबैजनासँग स्पष्टिकरण समेत सोधिएको छ।

प्रहरी जवान प्रेमशंकरले पैसा माग गरेको तर दिन नमानेपछि नरिवल बेच्ने किशोर रोशन चौधरीलाई कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन्। तर, प्रहरी नायव उपरीक्षक कार्कीले भने प्रहरी जवानले पैसा मागेको कुरामा सत्यता नरहेको दाबी गरेका छन्।

अन्य सम्बन्धित समाचार:  करेन्ट लागेर मृत्यु

फुटपाथबाट ठेला हटाउन भनेपछि नरिवल बेच्ने रोशन र प्रहरी जवानबीच विवादमात्र भएको उनको भनाइ छ । विवादको क्रममा प्रहरी जवानले हातपात गर्नु कानुनविपरित काम रहेकोले कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

यसैगरी भिडियो खिच्ने युवा अभियन्ता सुशील कर्णलाई जानकी प्रहरी चौकीभित्र बोलाएर दुव्र्यवहार गरेको भन्दै असईलाई पनि कारबाही गरिएको उनले बताए। प्रहरीले हातपात गरेपछि बिहीबार केहीबेर जनकपुरको जानकी चोक क्षेत्र तनावग्रस्त बनेको थियो।

Maruti Cement