अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

Prabhu Bank

काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ।

Saftey Pads

एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी) बाट १५५ जना रहनेछन्। केन्द्रीय समितिको बैठक आगामी ३१ भाद्र र १ असोजमा काठमाडौंमा बस्ने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए।

संगठनको नाम ’अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन’ रहने भएको छ। २५१ जनाको एक तिहाई अर्थात ३३ प्रतिशत संख्या कायम गर्ने नेकपाको विधानमा व्यवस्था छ। नेकपाका नेता तथा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज बिनोद ढकालको उपस्थितिमा अनेरास्ववियू केन्द्रीय कार्यालय बागबजारमा बैठक बसेको हो।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना पेश गर्न उपसमिति समेत बनेको छ । सो समितिको संयोजकमा ऐन महर, सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह छन्। भने विधान मस्यौदा उपसमितिको संयोजकमा रञ्जित तामाङ र सदस्यमा सुनिता वराल र समिक वडाल छन्।

त्यस्तै आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिको संयोजकमा उत्तम अधिकारी र सदस्यमा सदस्य आरसि लामिछाने, झपिन्द्र खत्री र केशव रावल छन्।

Maruti Cement