जिप दुर्घटना हुँदा २ को मृत्यु

Prabhu Bank

काठमाडौं।मेल्लेक गाउँपालिका ७ नन्देगडामा आज साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।

Saftey Pads

साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से १ ज ९८६ नं को जिप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको हो।

मृत्यु हुनेमा मेल्लेक ७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउद रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन्।

उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।

रासस

अन्य सम्बन्धित समाचार:  बझाङमा सम्झना कामीको बलत्कारपछि हत्या
Maruti Cement