सर्वोच्चमा घट्यो मुद्दा फर्छ्यौट दर

Prabhu Bank

काठमाडौं।जिल्ला र उच्च अदालतले वार्षिक लक्ष्यअनुसार मुद्दा फर्छ्यौटमा सफलता हासिल गर्दा सर्वोच्च अदालतमा भने फर्छ्यौट दर घटेको छ।

Saftey Pads

वि.स. २०७५ असार मसान्तको तुलनामा गत असार मसान्तसम्म फर्छ्यौट दर आठ प्रतिशतले घटेको छ। सङ्ख्या र प्रतिशत दुवैमा फर्छ्यौट दर घटेको हो। मुद्दा तथा रिटको फर्छ्यौट दर असार मसान्तसम्म २८ प्रतिशत रहेको छ। वि.सं. २०७५ असारसम्म सर्वोच्चले ३६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको थियो।

यो वर्ष सर्वोच्चले मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरेको छ। विश्लेषणअनुसार उच्च र जिल्ला अदालतमा भने फर्छ्यौट दरमा सुधार छ। उच्चमा मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरिएको छ। विश्लेषणसहितको मूल प्रतिवेदन सर्वोच्चले तयार पारिसकेको भने छैन।

अन्य सम्बन्धित समाचार:  दाउराले हानेर भाउजूको हत्या गर्ने देवर पक्राउ

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अघिल्लो वर्षको तुलनामा सर्वोच्चको मुद्दा फर्छ्यौटको सङ्ख्या र प्रतिशत दुवै घटेको बताएको समाचार आजको गोरखापत्र दैनिकमा छ।

सर्वोच्चमा मुद्दा तथा रिटको लगत २०७५ असार मसान्तसम्म कुल ३० हजार ४८९ रहेकोमा ११ हजार २८ फर्छ्यौट भएका थिए। जसमा जिम्मेवारी सरेका मुद्दा २० हजार ९८८ थान रहेका थिए। कुल मुद्दामा १९ हजार ४६१ थान मुद्दाको जिम्मेवारी सरेको थियो। कुल मुद्दाको ३६ प्रतिशत मुद्दा फर्छ्यौट भएका थिए ।

सर्वोच्च अदालतमा जिम्मेवारी सरेकासहित जम्मा ३२ हजार ६०६ मुद्दा दर्ता भएका थिए। जसमा नौ हजार २०६ मुद्दा फर्छ्यौटभएका छन्।

कुल मुद्दा अनुसार फर्छ्यौट दर २८ प्रतिशत हो। वार्षिक लक्ष्य भने १७ हजार ७९९ को थियो। सर्वोच्चमा दुई वर्ष नाघेका मुद्दा नौ हजार ५७५ छन्। डेढ वर्ष नाघेका मुद्दा ११ हजार १६५ रहेका छन्।

अन्य सम्बन्धित समाचार:  घाइते सांसद प्रकाश स्नेहीको नर्भिकमा उपचार हुँदै

अघिल्लो वर्षको तुलनामा आठ प्रतिशत कम फर्छ्यौट भएका छन्। नयाँ दर्तातर्फ भने अघिल्लो वर्षको तुलनामा तीन हजार ६३८ भन्दा बढी मुद्दा दर्ता भएका छन्।

Maruti Cement