ट्वीटरका सिइओकै ट्वीटर अकाउन्ट ह्याक

Prabhu Bank

काठमाडौं।सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् वर्तमान सिइओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ।

Saftey Pads

उनको अकाउन्टबाट ह्याकर्सले आपत्तिजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको थियो। यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो। तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए। डोर्सीको करिब ४२ लाख फलोअर्स छन्।

डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ। केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको दि एसोसिएट प्रेसले जनाएको छ।

चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याकको जिम्मेवारी लिएको छ। ज्याक डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गरेका थिए।

स्वयं ज्याकमाथि नश्लीय टिप्णी गर्दै केही सन्देश पनि पोष्ट गरिएको थियो। अर्को एक ट्वीटमा ह्याकर्सले ट्वीटरको हेडक्वाटरमा बम भएको अफवाह फैलाएका थिए।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी

केही समयपछि ट्वीटरले यी सबै म्यासेजलाई डिलिट गरेको छ।

Maruti Cement