यो देशले खै के पायो?

Prabhu Bank

-प्रेम गैरे

Saftey Pads

थ्योरी अर्थात सिद्धान्त
समृद्धि ल्याउन अयोग्य
वैज्ञानिक, प्राध्यापक र विज्ञ
हुन्थ्यो तिनको के सामर्थ्य?
अन्ततस् नेता नै बन्नु र्पयो
थ्योरी बदल्ने विशेषज्ञ।

जस्तो
सरकारको काम बचाउ गर्न
चास्नीमा रनभुल्ल माहुरी सेना
आलोचक माथि जाईलाग्न
बिषालु अरिङ्गाल सेना
बुद्धिजीवीलाई थला पार्न
सत्तादोहक हनुमान सेना।

जस्तो
द्रुतगतिको समृद्धि ल्याउन
भ्रष्टाचार सुन्ने सहनशीलता
घुसखोरहरु पत्ता लगाउन
अनुहार नहेर्ने लगनशीलता
रेल र पानीजहाज चलाउन
टुक्का गाँस्ने कल्पनाशीलता।

जस्तो
आफ्ना तर्क, तर्कशील
फरक तर्कहरु निम्छरा
’एस(म्यान’ जति मानव
विमति राख्नेहरु छौँडा
अन्य आस्थाहरु अफिम
होलीवाईन केवल पवित्र।

अहो !
हाम्रो यो असिम सौभाग्य
नेतागणको अलौकिक वैराग्य
वचन वचनमा ज्ञान र उत्सर्ग
कत्ति पनि हतास् नहोऊ
सर्वहारा अनि विपन्न वर्ग
बरु जप यिनका गाथा र गर्व।

अब त,
विकास र समृद्धिको लागि
थ्योरी बदल्न सक्ने
त्रिकालदर्शी नेतृत्व आयो
देश र जनताका लागि
सत्ताको तलब भत्ता बदल्ने
समाजवादी सरकार आयो।

अब त,
कान्तिपुरमा सिङ्गापुर आयो
गाउँ गाउँमा सिंहदरबार आयो
नारामा समृद्धि सर्वत्र छायो
यत्रो प्रगतिका साक्षी
ए तथाकथित हो !
कहिले भन्न छोड्ने हौ?
यो देशले खै के पायो?

Maruti Cement