पारिवारिक सूचना चुहाएको आरोपमा ट्रम्पकी निजी सहायक बर्खास्त

Prabhu Bank

काठमाडौं । आफ्नो परिवार बारेको जानकारी चुहाएको भन्दैं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नी एक निजी सहयोगीलाई हटाएका छन्।

Saftey Pads

राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट निकालिएकी १९ मेडेलिन वेस्टरहट ट्रम्प कार्यालयको शुरुवातदेखि नै कार्यरत् थिइन्।

मेडेलिनले गत महीना न्यु जर्सीमा आयोजित एक डिनरमा सञ्चारकर्मीहरूसँग मदिरा सेवन गरी ट्रम्प परिवारको अनावश्यक कुरा गरेको आरोप लगाइएको छ।

ह्वाइट हाउसले ति कर्मचारीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। तर, उनी कार्यालय नआउने जानकारी दिएको छ।
तर, ट्रम्पले कसरी मेडेलिन र सञ्चारकर्मीको वार्तालाप पत्तो पाए भन्नेबारे पनि केही बताइएको छैन।

सीबीएस न्युजले भने मेडेलिनलाई राष्ट्रपतिले अति विश्वास गर्ने र ‘मेरी सुन्दरी’ समेत भन्ने गरेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा सुपर ओभरमा बैंगलोर विजयी
Maruti Cement