पर्यटनमन्त्री र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

Prabhu Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

Saftey Pads

भट्टराईले प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई उनकै निवास बुढानिलकण्ठमा शनिबार बिहान भेट गरेका हुन्।

भेटघाटमा भएका छलफलका विषयमा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले सम्हालेको मन्त्रालयका तर्फबाट भइरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु।’

साथै, मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिएको भट्टराईले जानकारी गराएका छन्।

अन्य सम्बन्धित समाचार:  बझाङमा सम्झना कामीको बलत्कारपछि हत्या
Maruti Cement