त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइतबारबाट ७ घण्टा बन्द हुने

Prabhu Bank

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने भएको छ।

Saftey Pads

सेप्टेम्बर एक देखि नोभेम्बर अन्त्यसम्मै विमानस्थल पुननिमार्णको दोस्रो चरणको काम सम्पन्न गर्न राती ११ बजेदेखि विहान ७ बजे सम्मलाई बन्द हुने भएको हो।

महाप्रवन्धक राज कुमार क्षेत्रीका अनुसार विमानस्थलको धावनमार्गको काम सम्पन्न भएपनि ट्याक्सी वे र लिङक रोड जोड्न बाँकि रहेको तथा लाटनिङको काम पनि गर्नु पर्ने भएकाले नयाँ बर्ष भित्रै पूर्णरुपमा सञ्चालनमा ल्याउने गरि आइतवादेखि काम सुचारु हुने छ।

नेपाल भ्रमण बर्षको शुरुवातसंगै विमानस्थल पूर्ण सुधार र बुटिक एयरपोर्टको अवधारणा अनुसार सञ्चालनमा आउने छ।

विमानस्थल सुधारको कार्यले भ्रमण बर्ष तथा हालै जापानको ओसाका उडान सञ्चालनमा ल्याएको नेपाल वायुसेवा निगमको उडानलाई भने कुनै प्रभाव नपर्ने उनले जानकारी गराए।

अन्य सम्बन्धित समाचार:  कपिलवस्तु: खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी
Maruti Cement