सवारी दुर्घटनामा एक जनाको मृत्यु, १८ घाइते

Prabhu Bank

झापा । जिल्लाको कनकाई नगरपालिका – १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

Saftey Pads

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की सुजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ११ प ८९७७ नं को स्कुटरलाई सोही दिशातर्फ गइरहेको को १ ख ७२०४ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक पोखरेल घाइते भएकी थिइन्।

उनको उपचारकै क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बसमा सवार यात्रु पनि घाइते भएका थिए। उनीहरुको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ। -रासस

अन्य सम्बन्धित समाचार:  कोराेना कहरमा यातायात व्यवसायी: रित्तै गुड्नुपर्ने बाध्यता
Maruti Cement