जवाफी कारबाहीमा १५ तालिबान लडाकू मारिए, भिडन्त जारी

Prabhu Bank

काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमा १५ तालीबानी लडाकूको मृत्यु भएको छ।

Saftey Pads

कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन् । घटनामा दुई सुरक्षाकर्मी समेत मारिएको जनाइएको छ।

स्थानीय समयानुसार शनिबार राती १ बजेतिर भिडन्त सुरु भएको थियो। तालिबान विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त सुरु भएको जनाइएको छ।

सरकारी प्रवक्ता इस्मातुल्लाह मुरादीले सिन्ह्वालाई दिएको जानकारी अनुसार लडाकूहरुले राईफल, मेसिनगनलगायतका हतियारले आक्रमण गरेका थिए। उनीहरुले तीन ठाउँतिरबाट आक्रमण गरेको बताइएको छ।

आक्रमणकारी लडाकूहरुलाई पराजित गर्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको प्रवक्ता मुरादीले बताएका छन्। आक्रमणका कारण शहरबासी त्रसित भएपछि बिहानमा सडक खाली भएका छन् भने पसलहरु बन्द भएका छन्।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थान रोयल्स विजयी

राजधानी काबुलदेखि २५० किलोमिटर टाढा रहेको घटनास्थलमा यो समाचार तयार पार्दासम्म भिडन्त भइरहेको अधिकारीहरुले जनाएका छन्। घटनामा परी २० जना स्थानीय बासिन्दा र जिल्ला प्रहरी प्रमुख घाइते समेत भएका छन्। एजेन्सी

Maruti Cement