इंग्लिस प्रिमियर लिगमा आज ८ खेल हुँदै

Prabhu Bank

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछन् । नेपाली समय अनुसार सवा पाँच बजे सुरु हुने पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्दैछ।

Saftey Pads

म्यान्चेष्टर युनाइटेडले तीन खेलमध्ये एउटामा जित, एउटामा पराजय र एउटामा हार बेहोरेको छ। साउथह्याम्टनले भने दुई खेलमा हार र एउटामा जित निकालेको छ। यी दुईको खेल साउथह्याम्टनको मैदानमा हुनेछ।

साँझ पौने आठ बजे ६ ओटा खेल हुँदैछन्। चेल्सीले स्ट्याम्फर्ड ब्रिजमा शेफिल्ड युनाइटेडसँग खेल्दैछ भने क्रिष्टल प्यालेसले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ। यस्तै लेस्टर सिटीको मैदानमा एएफसी बर्नमाउथ र म्यान्चेष्टर सिटीले ब्राइटन एण्ड होभ अल्वियनसँग खेल्दैछ।

न्युकासल युनाइटेड वाट्फोर्डसँग र वेष्टह्याम युनाइटेडले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्दा राति सवा १० बजे लिभरपुलले बर्नले एफसीको मैदानमा खेल्दैछ।

अन्य सम्बन्धित समाचार:  ओसाकाले फ्रेन्च ओपन नखेल्ने
Maruti Cement