सुर्खेतमा मृत गाई–गोरुको संख्या ३० पुग्यो, १४२ गाई नेपालगन्ज फिर्ता

Prabhu Bank

सुर्खेत । दैलेख र्पुयाउने भनी रातारात सुर्खेतको कटकुवा जंगलमा बेवारिसे छाडिएका गाईको उद्वार गरी पुनः नेपालगन्जतर्फ पठाइएको छ। स्थानीय प्रशासनको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाले बेवारिसे छाडिएका गाईलाई शनिबारदेखि नेपालगन्ज फिर्ता पठाउन थालेको हो।

Saftey Pads

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले १४२ ओटा गाई नेपालगन्ज पठाइसकेको जानकारी दिए।
उनले घाइते रहेका कतिपय गाई–गोरुको औषधि उपचार गरी फिर्ता पठाइने बताए। वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखाका चिकित्सकको टोलीले शुक्रबार मृत भेटिएका गाईको मुचुल्का तथा शव परीक्षण गर्नुका साथै घाइतेको उपचार गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत गाई–गोरुको संख्या ३० पुगेको छ। परीक्षण रिपोर्टपछिमात्र गाईको हत्या भएरनभएको यकिन हुने प्रहरीको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको पत्रअनुसार नेपालगन्ज उपमहानगरपालिकाको काञ्जीहाउसबाट दैलेखको शिरस्थान धार्मिक क्षेत्रमा पठाउने भनी ती गाई पठाइएको थियो। तर, शिरस्थान क्षेत्र पर्ने दैलेखको भैरवी गाउँपालिकाले भने आफ्नो तर्फबाट लिखितरमौखिक कुनै माग नगरेको प्रतिक्रिया दिएको छ।

अन्य सम्बन्धित समाचार:  आन्तरिक उडानमा अब शत प्रतिशत यात्रु रााख्न पाइने

गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले आफू, वडा कार्यालय र मन्दिर व्यवस्थापन समितिले नेपालगन्ज उपमहानगरपालिकासँग त्यस्तो कुनै माग नगरेको प्रस्ट पारे। ‘यहाँ त्यति ठूलो संख्यामा गाई–गोरु पाल्न सकिने ठाउँ छैन। भ्रमपूर्ण प्रचार गरिएको छ। शिरस्थान क्षेत्रका लागि कुनै माग भएको छैन’–उनले भने।

भैरवी गाउँपालिका–१ को कार्यालय र शिरस्थान मन्दिर व्यवस्थापन समितिले पनि आफूहरुले गाई–गोरुको माग नगरेको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।

शुक्रबार बिहान ३ बजेतिर वीरेन्द्रनगर वडा नम्बर–१४ पर्ने कटकुवा जंगलमा २९१ गाई–गोरु अलपत्र अवस्थामा छाडिएको थियो। कतिपय गाई–गोरु भीरबाट खसालिएको अवस्थामा भेटिएकाले स्थानीयवासीले ‘गौहत्या’ भन्दै घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गरेका छन्।

घटनाको विरोधमा शनिबार मंगलगढीचोकबाट सुरु भएर्को याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले गाईलाई दानवीय हिसाबले भीरबाट खसालिएको भन्दै घटनाको निन्दा गरे।

अन्य सम्बन्धित समाचार:  पहिराेले बेँसीशहर–चामे सडक अवरुद्ध

‘एउटा प्रदेशका छाडा पशु–चौपाया अर्को प्रदेशको अनुमतिबेगर ल्याएर छाडियो। नेपालगन्ज उपमहानगरपालिकाको गम्भीर लापरबाही हो’–अध्यक्ष रावतले भने–‘दोषी जुनसुकै ओहदाको भएपनि कारबाही गर्न सरकारले हिम्मत गरोस्। गाई राष्ट्रिय जनावरमात्र होइन, हाम्रो (हिन्दू) धर्म–संस्कृतिसँग जोडिएको अभिन्न प्राणी हो। यस्तो अपराधलाई छुट दिन सकिन्न।’

सुर्खेत प्रहरीले पाँच ट्रकका चालक र सहचालक गरी सातजनालाई शुक्रबारै नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिसकेको छ। मुलुकी अपराधसंहिताअन्तर्गत् पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानुनी कारबाही गर्ने प्रावधान छ।

अपराधसंहिताको उक्त कसुरअन्तर्गत् दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट र्पुयाउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ। उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ। -रासस

Maruti Cement