गौहत्या प्रकरणः गृहद्वारा ४ सदस्यीय छानबिन टोली गठन

Prabhu Bank

काठमाडौं।सुर्खेतमा भएको गौहत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले ४ सदस्यीय छानबिन टोली गठन गरेको छ।

Saftey Pads

शनिबार मन्त्रालयका सह–सचिव एवं प्रवक्ता रामकृष्णले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरिएको जनाकारी दिए।

उक्त समितिमा सुरक्षाकर्मीका प्रतिनिधि पनि रहने बताइएको छ। समितिले १५ दिनभित्रमा गाईगोरुको ‌ओसारपसार, अस्वाभाविक मृत्यु तथा घाइते भएको सम्बन्धमा सत्यतथ्य बुझ घटनामा कुन व्यक्ति, पदाधिकारी एवं निकायको के कस्तो संलग्नता रहेको भन्ने विषयमा छानबिन गरेर प्रतिवेदन पेश गर्ने छ।

त्यस्तै, गौहत्याजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारबाही गरिने पनि जनाइएको छ।

त्यस्तै उक्त घटनाका दोषीलाई कुनै किसिमको उन्मुक्ति नदिइने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको छ।
शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ कुटकुवास्थित दैलेख सुर्खेत सडकखण्डको जंगलमा दुई दर्जनबढी गाईगोरु मरेको भेटिएका थिए भने अन्य केही गम्भीर घाइते भएका थिए।

अन्य सम्बन्धित समाचार:  बालिका बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन अध्ययन गर्न समिति गठन

स्थानीयका अनुसार बिहीबार राति ट्रकमा लाइएका गाईगोरुलाई भीरबाट खसालिएको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा प्रयोग भएका पाँचवटा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

ट्रक चालकबाट प्राप्त पत्रमा नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले नेपालगञ्ज कान्जिहाउसमा रहेका ३७० वटा गाइगोरु र बाच्छाबाच्छी नगर प्रहरीको कमाण्डमा दैलेखको श्रीस्थान लैजाने उल्लेख गरिएको थियो।

Maruti Cement