‘गाई मारेर राप्रपाले पाखण्ड देखायो’

Prabhu Bank

काठमाडौं।समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गाई र राजा बोकेर हिँड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाएको टिप्पणी गरेका छन्।

Saftey Pads

समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष  भट्टराईले यस्तो बताएका हुन्।

‘राजतन्त्रको भुतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिँड्थ्यो। त्यसैले आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड!’ उनले भने।

साथै उनले २१औं शताब्दीको विज्ञानमा आधारित विचार, त्यसको आवश्यकता सुहाउँदो नीति तथा कार्यक्रम लिएर समाजवादी पार्टी विकल्पका रुपमा आएको समेत दावी गरे।

अन्य सम्बन्धित समाचार:  क्यानले तोक्यो क्रिकेट खेलाडीको पारिश्रमिक
Maruti Cement